तेरे दिलसे निकाले हम कहाँ भट्के कहाँ पहुँचे..... (जरुरी था.) राहत फतेह अली खान जब गाउँदै गाउँदै यहाँ आइपुग्छन। म गाइरहेको छु भने चुप हुन्छु। हिंडिरहेको छु भने अडिन्छु। मोटरसाइकलमा छु भने ब्रेक दबाउँछु। एकैछिन अडिएर आफैंलाई नियाल्छु, आफैंलाई छाम्छु..... हेर्न जान्नुपर्छ हरेक दिन नविन हुन्छ। लेख्न जान्नुपर्छ प्रत्येक घटनामा कविता बग्छ। निभाउन जान्नुपर्छ हरेक सम्बन्धमा मिठास हुन्छ। टिप्न जान्नुपर्छ प्रत्येक श्वासले जिन्दगी बाँच्दछ। मलाई लेख्नु छ। आजको बारेमा लेख्नु छ। "हिजो" त बितिगयो, "भोलि" पनि मेरो हातमा छैन। "आज" म संगै छ। अहिल्यै छ। यतिखेरै छ। यतिखेर समयको नदि मेरो आँखै अगाडी बगीरहेको छ। यो नदि कहिले, कहाँबाट, कहाँसम्म बग्ने हो म जान्दिन। सायद जान्न पनि सक्दिन। सायद जान्नु पनि छैन। सायद म जे सोचिरहेको छु त्यो गलत हो, सायद सत्य पनि हो। जे सुकै होस्, मलाई लेख्नु छ। सकुन्जेल लेख्नु छ।
That the powerful play goes on, and you may contribute a verse. WALT WHITMAN मलाई जिन्दगीमा के चाहन्छ्स् कसैले सोध्यो भने र त्यसको जवाफ मैले पूर्ण होसोहवासमा दिनुपर्यो भने म यहि कविता सम्झनेछु, यहि कविता भन्नेछु। ( यो फेरी आज लागेको कुरा हो। हिजो नलागेको हुनसक्छ, भोलि नलाग्न पनि सक्छ। यी दुवै मेरो हातमा छैनन्)
******आज के भयो ? आज दौडन भ्याइन। मन पनि भएन। लेख्न पनि मन थिएन... बिहान युवराज भाइलाई भेटेथें । उसले राम्रो लेख्छ। फ्लिमका बारेमा थुप्रै कुराहरु जानेको छ।जागिरमा पनि राम्रै कामहरु गरेको देखिन्छ। पहिलेभन्दा केहि MATURE पनि लाग्छ (अरुलाई नलाग्दो हो,नलागोस्)। उसले छुट्टिने बेलामा "दाइ भन्नेहरुका कुरा सुन्नुहोस, आलोचनाबाट सिक्नुहोस्, र लेख्न नछाड्नुहोस्" भनेको थियो । अघि लेख्न मन नहुँदा यहि कुरा याद आयो। उसो त HIGHWAY ले पनि भर्खरै ब्लग मागी पठाए। लेख्नै पर्ने भयो, लेख्दैछु।
*****अन्शु खनालले आफ्नो ट्वीटरमा लेखेकी छिन् तपाइँसंग हिजो र अस्ति भेटिन, आज भेटिनु नै थियो, कुराकानी केहि नहोस् तर पनि भेटिनु नै थियो। आदत भन्ने चिज खतरानाक कुरा हो। @highwaynep को तर्फबाट @kapilchaulaga11 बागबजार काठमाडौं। जागिर सकेर म अंशु खनाललाई भेट्न kmc hospital नजिकैको चियापसलमा कुरिरहेको थिएँ। highway को फोन आयो। भेट्न खोजे।आज भेट्नुपर्छ मैले पनि नसोचेको त हैन, तर उनलाई भेट्ने समय छुट्याउनै भ्याएको थिइन। हामि त्यहि चिया पसलमा भेट्ने भयौं। भेट्यौं। अंशु पनि आइपुगिन् । highway ले मलाइ कुराकानीको दौरान जे भनेका थिए अँशुले हुबहु लेख्न भ्याईछन्।
******भनिन्छ साना-साना कुराको प्रभाव सबैभन्दा ज्यादा हुन्छ । यौटा सानो वचनले सम्बन्धहरु भत्कने रहेछन। सानै प्रयासले जोडिन्छन् पनि। हाइवेको गफले गम्भिर बनाएको त थियो नै ।साथमा आँशुको सानो ट्विटले धेरैबेर सोच्ने बनायो। सबैभन्दा खतरनाक हुनेरहेछन् सानासाना कुराहरु नै... साना-सानाको कुरा गर्दै म अन्जन दाइ सम्म पुग्न खोज्दैछु ( आजलाई highway अंशु र ट्वीटलाई छाडिदिऔं। आएछ भने ठिकै छ)। अन्जन दाइ संग म एकैपटकमा जोडिएको हैन। बिस्तारै-बिस्तारै हो। सायद अझै पनि हामीले एक-आर्कालाई बुझ्न, थुप्रै कुराहरु खोतल्न बाँकी नै छ। जति बुझ्दै जाँदैछु उति गज्जबका बन्दै गएका छन् उनि। संगै फुटसल खेलेको एक महिना भन्दा धेरै भैसकेको एक साँझ हामि कोटेश्वर देखि पुरानो बानेश्वरसम्म संगै हिंडेका थियौं। फुटसलमा कराउने, फल खेल्ने, झर्कने देखेको उनको व्यक्तित्व त्यहि आधारमा बनाएको रहेछु। त्यो भत्कियो। उनि त अर्कै मान्छे लाग्यो। मैले देखे भन्दा बेग्लै, चिनेभन्दा परिस्कृत। त्यसका केहि आधारहरु पक्कै छन्। उनको हिंड्ने बानि त्यतिबेला सबैभन्दा प्रवल मानें कि ? ***** आज उनैलाई भेट्न HIGHWAY र म हात्तिवन स्थित READERS HUB निस्कियौं। HIGHWAY ले सुमनजीलाई बाटोमा पिकअप गरेर आउनुभयो। हामि चार READERS HUB मा गफ्फिदै गर्दा अन्जनदाइले आफ्नो आमासँगको यौटा घटना सुनाउनु भयो। उहाँको आमा काठमाडौं कुनै कामविशेषले आउनुभएको रहेछ। त्यतिबेला उहांसंग गतिलो मोबाइल फोन रैनछ। अन्जन दाइले काठमाडौं बाट गाउँ फिर्दै गर्नुभएकी आमाको झोलामा सुटुक्क नयाँ मोबाइल राखिदिनुभएछ। पछी आमाले बुटवल पुगेर सो फोनको बारेमा थाहा पाएपछि रुँदै फोन गर्नुभएको कुरा सुनाउनु भयो। मोबाइल किनिदिएर झोलामा हालिदिनु सायद सानै कुरा हो। तर त्यसले आमाको हृदयलाई गर्व एवं खुसीले जसरि पगाल्यो त्यो कहिँ कसैगरी पनि किन्न सकिन्न। हामि READERS HUB बाट खाजा खान निस्कियौं। यो उतिसारो महत्वपूर्ण कुरा त हैन तर पनि आजको ब्लगको लागि फोटो यतै खिचेकाले यो कुरा राखिदिएँ
त्यसपछि सुमन जी र हाइवे झम्सिखेल लागे। अन्जन दाइ र मा आ-आफ्नो बाटो लाग्यौं। रुममा आइपुग्दा ८:३० भैसकेको थियो। दाइ खाना बनाउदै हुनुहुँदो रहेछ। खाना खाएर हामि दुइ एकैछिन हिंड्न बाहिर निस्कियौं। र १० बजे आसपास रुम फिरेर यो लेख्न थालेको हुँ। (हिंडाइको दौरानमा गुनगुनाएको गीतले आजको लेखको सुरुवात त्यसरी गरायो…) शुभरात्री. फिर मिलेंगे…..